तनहुँ, पुस २०ः बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएका तथा चोरी भएका ७ थान मोबाइल ६ महिनापछी फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेकाे छ ।
मोबाइलहरुको खोजी गरी पाउँ भनी तनहुँ प्रहरी कार्यालयमा दिईएका निवेदनहरुको आधारमा अनुसन्धान एवं खोजतालास गर्दै जाँदा उक्त हराएका तथा चोरी भएका भनिएका मोबाइलहरु मध्येबाट हराएको मितिले ६ महिनापछी फेला पारी सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरेकाे हाे ।
हराएर फेला परेका माेबाइलहरूमा Oppo, Samsung, VIVO, Huawei, Realmi, LAVA कम्पनीका ७ (सात) थान
अन्दाजी मुल्य १ लाख २९ हजार ५ सय बराबर पर्ने मोबाइलहरु फेला पारी सम्बन्धित मोबाइल धनीहरुलाई बुझाईएको सुचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए ।