हराएका इन्टरपोल प्रमुख चीनको नियन्त्रणमा भएको खुलासा

| 2018 Oct 08 | 10:10 am 2300

काठमाडौं, असोज २२ : अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग होंगवेइ आफ्नो नियन्त्रणमा रहेको चीनले स्वीकार गरेको छ। होंगवेइले चीनका केही कानुन उल्लंघन गरेकाले पक्राउ गरिएको चीनले जनाएको छ।

होंगवेइ गएको सेप्टेम्बर २५ तारिखमा इन्टरपोलको मुख्यालय पेरिसबाट बेपत्ता भएका थिए । चीनले उनलाई कुन आरोपमा पक्राउ गरेको हो भन्ने अहिलेसम्म थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।

चीनको जनसुरक्षा विभागका उपमन्त्री भैसकेका होंगवेइ इन्टरपोलको प्रमुख हुने पहिलो नागरिक समेत हुन्।

अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको थियो।

उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमानका बारेमा थप केही थाहा नपाएको जानकारी दिएकी थिइन्।

अन्तर्राष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उनको खोजीका लागि परिचालन गरेको थियो।

मेङ गत सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित भएका थिए। उनको कार्यकाल आउँदो सन् २०२० सम्म छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.