काठमाडौं, असार २५ः गृह मन्त्रालयले ३२ जना प्रहरी उपरीक्षकलाई प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्नका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयमा शनिबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवा सिफारिस गरिएको हो ।
सिफारिस प्रहरी नियमावली २०७१ (संसोधन सहितको) नियम २७ को उप नियम ४ अनुसार गरिएको मन्त्रालयको बढुवा सचिवालयले जनाएको छ ।

