हनुमन्ते खोलाले बगाउँदा एक किशोरको ज्यान गयो

रिपोर्ट नेपाल | 2018 Aug 06 | 02:37 pm 1816

भक्तपुर, साउन २१ : हनुमन्ते खोलामा आएको बाढीले बगाउँदा एकजना किशोरको ज्यान गएको छ । आइतबार रातिबाट भएको भारी बर्षातका क्रममा आएको बाढीले बगाएर पहिचान खुल्न नसकेका अन्दाजी १६/१७  वर्षीय किशोरको ज्यान गएको हो ।

उनको शवलाई भक्तपुरको सल्लाघारीस्थित युवामुरा अस्पताल नजिकैबाट निकालिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरीले जनाएको छ । बाढीका कारण मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.