कैलाली, चैत्र २ गते : शनिबार बिहान कैलालीको अत्तरियामा एकजनाको शव फेला परेको छ ।
जिल्लाको गोदावरी नगरपालिका ४ खैराना गाउँ जाने बाटो पुलको नजिकै शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर त्यँहा फालेको हुन सक्ने जनाइएको छ ।
घोप्टो परेको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको भन्दै अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिल्सिनाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेकाे उनकाे भनाइ छ ।