बारा मङ्सिर १० : इलाका प्रहरी कार्यालय बाराले एक हत्यारालाई पक्राउ गरेको छ । शनिबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं-७ बाट त्रिलोकी नाथ खप्परवाला बाबालार्इ पक्राउ गरेको हो ।
खप्परवाला बाबाले नाम थर नखुलेको अन्दाजी २०/२२ को पुरुषको हत्या गरेको इलाका प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीको अनुसार बाबाले सो पुरुषको निधार तथा अनुहारको भागमा धारीलाे हतियार प्रहार गरी मारेका थिए ।
बाबालार्इ पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा ७ को म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।