हत्यामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 14 | 01:28 pm 1721

ईलाम, पुस ३० : रोङ गाउँपालिका–३ याङ्ग्रेका ६३ वर्षीय बुद्धिमान राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३९ वर्षीय राजकुमार राई सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यही पुस २४ गते बुद्धिमान राई लगायत ७ जना साथीहरु मिली रोङ गाउँपालिका–३ मा रहेको अतिपाल जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर बुद्धिमान राईको मृत्यु भएको थियो ।

मृतकको शवलाई आफ्नो परम्परा अनुसार खाल्डो खनि गाडेको भन्ने खबर ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका राजकुमार समेत ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोही ठाउँस्थित अलैची बारीमा लुकाई राखेको भरुवा बन्दुक १ थान समेत बरामद गरेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.