विराटनगर, भदौ ४ : विराटनगरमा हत्याको विरोध गर्दै सडकमै शव राखेर प्रदर्शन गरेका छन् । टंक भट्टराईको हत्यामा संलग्नको पहिचान गरी कारवाही गर्न माग राख्दै उनका आफन्त र स्थानीयले सोमबार भट्टराईको शव सडकमा राखी प्रर्दशन गरेका हुन् ।
विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा आइतबार विहान भट्टराईको हत्या भएको थियो । उनी सोही हार्डवेयरमा सुरक्षा गार्डमा कार्यरत रहेका थिए ।
सडकमा शव राखी प्रदर्शन गरेका कारण विराटनगर इटहरी सडक खण्ड केहीबेर अवरुद्ध बनेको थियो ।