हतियार सहित चार शिकारी पक्राउ

| 2021 Dec 09 | 03:25 pm 1801

काठमाडाैं, मंसिर २३ः बर्दिया राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मिति २०७८ मंसिर २१ गते शिकार गर्ने उद्देश्यले आएका एक जनालाई सेनाले पक्राउ गरेकाे छ  ।

पक्राउ पर्नेमा बर्दिया भेरी गंगा नगरपालिका वडा नं. ५, हात्तिखाल बस्ने बर्ष ३७ को लक्ष्मण गिरी,  बर्ष ६२ को भद्र बहादुर वली, बस्ने बर्ष ५६ का ठग बहादुर थापा र बर्ष २२ का ललित घर्ती रहेका छन् ।

उनीहरूलाई उक्त निकुञ्‍जको हात्तिखालको बबई पाखा ईलाकाबाट देहाय अनुसारको सामग्रीहरु सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्‍ज कार्यालय, बर्दियामा बुझाईएको जानकारी गराइएकाे छ ।

बरामद सामाग्री

(क) भरुवा बन्दुक नाल – ३ (ख) बन्दुकको गोली थान – ४१
(ग) छर्रा – १०० ग्राम (मसिनो) (घ) बन्दुकको केप थान – १५ (खाली)
(ङ) बारुद – ३०० ग्राम (च) रेति थान – १
(छ) हँसिया थान – ४ (ज) सलाई थान – ५
(झ) साईकल छर्रा थान – ३७

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.