हतियार देखाएर अज्ञात समुहले गर्‍याे सुन लुटपाट

| 2019 Mar 21 | 07:20 am 2011

सिन्धुली, चैत ७ : कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढको साथबाट बन्दुक देखाउँदै अज्ञात समूहले १ सय २० तोला सुन लुटेका छन् ।

सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र वैदारले बुधबारका दिन दिउँसो उक्त घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको सुरक्षाका प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान शुरु भइरेहेको जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उनको भनाइ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.