हतियारसहित विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

| 2020 Feb 09 | 06:29 pm 1828

बैतडी, माघ २६: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूह नेकपाको युवा संगठनका बैतडी इञ्चार्जलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज लोकेन्द्र धामी रहेका छन् । उनलाई चन्दा असुली गर्दै आतंक मच्चारहेको भन्ने विशेष सुराकीको आधारमा आइतबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

धामीलाई दिउँसो ३ बजे १ थान पेस्तोलसहित दोगडाकेदार गाउँपालिका ६ सित्तडबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

पक्राउ परेका धामीलाई जिल्लामा ल्याउँदै छौं, उनले भने, चन्दा उठाउँदै गरेको भन्ने विशेष सुराकीको आधारमा धामीलाई समात्न सफल भएका हौं।

पक्राउ परेका धामीको साथबाट गोलीसहितको १ थान पेस्तोल, पर्चापम्पलेट रसिद लगायत विप्लव दस्ताबेज पनि बरामद गरिएको बताइएको छ।

डिलाशैनी गाउँपालिका ७ धामीगाउँ घर भएका २७ वर्षीय धामी विगत केही वर्षदेखि विप्लव समूहमा संलग्न रहेका थिए।

पक्राउ परेका धामीमाथि हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बैतडी प्रहरीले जिल्लाका विभिन्न क्षेत्रवाट उक्त समूहमा संलग्न १२ जनालाई पक्राउ गरिसकेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.