काठमाडौं, फागुन २०ः नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा देश बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले नेपालका राजनीतिक पार्टीका नेता असफल भएकोले देश बचाउन राजा आउनुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रसाईले मुलुक भष्ट्राचारले चुर्लुम्म डुबेकोले देश बचाउन आफूले सुरु गरेको महाअभियान आन्दोलनलाई सहयोग र समर्थन गर्न जन समक्ष आग्रह गरेका छन् ।
नेताहरुले देश लुटेर दुबैमा पैसा जम्मा गरेको आरोप पनि प्रसाईले लगाएका छन् । गरिब दिन प्रतिदिन गरिब बन्दै जाने धनी दिन दुई गुणा रात चार गुणा धनी हुँदै जाने प्रथाको अन्त्य गर्न आन्दोलनको सुरुवात भएको कुरा पनि प्रसाईले व्यक्त गरेका छन ।
अवैध कार्यबाट बोरामा थन्काएर एक हजार र पाँच सयका नोटलाई प्रतिबन्ध लगाउनुपर्ने कुरा पनि प्रसाईले व्यक्त गरेका छन् । देश बचाउने आन्दोलनमा राजा पनि सडकमा आएर साथ समर्थन गर्नुपर्ने बताउँदै संयोजक प्रसाईले आफूले सबै व्यवसाय छोराछोरीलाई जिम्मा दिएर देश बचाउन सडकमा आएको बताए ।
आफ्नो मन्तब्यको धेरै समय बैंक प्रति ओक्रोश पोखेका उनले जनता कहाँ पैसा उठाउन भारतबाट गुण्डा ल्याएको बताए । विशेष गरी एनआइसी एसिया बैंकप्रति आक्रोस पोखेका प्रसाईले एक महिना आन्दोलन जारी राखे राजा फर्कने कुरा समेत बताएका छन् ।