हजाराैं नेपाली सुदूरपश्चिमका विभिन्न नाकाबाट नेपाल भित्रिए

रिपोर्ट नेपाल | 2020 May 27 | 07:40 am 2015

कैलाली, जेठ १४ः राेजगारी तथा मजदूरीकाे सिलसिलामा भारतमा गएका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिक सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर मङ्गलबार करिब छ हजार नेपाली नेपाल भित्रिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार १ सय १३ नेपाली नेपाल भित्रिएका छन् भने कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ सय ९४ नेपाली नेपाल भित्रिएका हुन् ।

ठूलो सङ्ख्यामा नेपाल भित्रिएका उनीहरूलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको लकडाउनका कारण भारतमा खान बस्नको समस्या भएपछि घर फर्कने क्रम बढेकोछ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.