हङकङ, २४ असार : हङकङ सरकारबाट सम्मानित हुनेहरुको सूचीमा एक जना नेपाली परेका छन् । नेपाल आदिवासी जनजाती महासंघ हङकङका निवर्तमान अध्यष मैनबहादुर थापालाई चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटि सर्भिसबाट सम्मानित हुन लागेका हुन् । पुख्र्यौली स्याङजा भइ बुटवलका ४९ वर्षीय २० वर्ष अघि आएका थिए ।
हङकङ स्थापना दिवसको दिन घोषणा गरी चीनको राष्ट्रिय दिवसको दिन प्रदान गरिने सम्मान लिस्टमा थापाको नाम प्रकाशित गरिएको छ । उनी मेम्बर अफ वर्किङ ग्रुप अन इथ्निक अफेयर्स अफ याउचिममोङ डिस्ट्रिक काउन्सिलका सदस्य समेत रहेका छन् ।
गृह मामिला विभागको विभिन्न समितिमा बसेर कार्य गरिरहेका थापा यसअघि विभिन्न निकायहरुबाट सम्मानित भइसकेका छन् । मगर संघ तथा क्षेत्रीय संघसंस्थाको नेतृत्व गरिसकेका थापाले हङकङ सरकारको सम्मानबाट सामाजिक कामका लागि उर्जा मिलेको बताए ।