हंगेरीका जेष्ठ नागरिक बेलिकको १११ बर्षको उमेरमा निधन

रिपोर्ट नेपाल | 2018 Nov 06 | 09:20 am 1673

बुडापेष्ट, कार्तिक १९ : हंगेरीका जेष्ठ नागरिक इस्टभान्‍ने बेलिकको एक सय ११ वर्षको निधन भएको छ।

“अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उहाँको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

उहाँ सन् १९०७ मा जन्मिनु भएको हो भने उहाँ किसान हुनुहुन्थ्यो । उहाँका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन् ।

मुलुककै सवैभन्दा जेष्ठ नागरिक भएकाले उहाँको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.