कैलाली, साउन ६: घोडाघोडी नगरपालिका–११ सिसैयाका ५५ वर्षीय उदे रावतले ७५ वर्षीय बुबाको हँसिया प्रहार गरी हत्या गरेका छन् भने आमा गम्भीर घाइते भएकी छिन् ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष जोशीले दिएका जानकारी अनुसार आइतबार राति बुबा छोराको घरायसी कुरामा झगडा हुदा छोराले बुबाको टाउकोमा हँसिया प्रहार गरेको बुझिएकाे छ । छोरालाई प्रहरीले नियन्त्रणमा लिईसकेको जनाएको छ ।
हँसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएकि छिन् । उनलाई आइतबार राति नै कोहलपुर रेफर गरिएको छ।