कञ्चनपुर, चैत ३०ः जिल्लाको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन् ।
हत्या हुनेमा कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला राना रहेका छन् । उनलाई आफ्नै २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ गएको बताइएको छ ।
बुबाको हत्या गर्ने छोरालाई इलाका प्रहरी कार्यालय झलारीले झलारीले नियन्त्रणमा लिइसकेको छ ।