स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी

| 2021 Dec 07 | 03:27 pm 2001

काठमाडौं, मंसिर २१ः मंगलबार बिहान स्‍वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएकाे छ । पुजारी पूजा गरिरहेको अवस्थामा मूर्ति चोरी भएको हाे। हलचोकस्थित रहेको मन्दिरमा पुजारीले पूजा गर्दै गरेको अवस्थामा केही अपरिचित व्यक्ति मन्दिरभित्र प्रवेश गरी जबरजस्ती मूर्ति लिएर गएका हुन् ।

प्रहरी वृत्त स्वयम्भूले मूर्ति कसले चोरी गरेको भन्नेमा खोजी कार्य भइरहेको जनाएको छ । प्रहरीका अनुसार नागार्जुन नगरपालिका ३ मा रहेको मन्दिरबाट मूर्ति चोरी भएको हो । मूर्ति करिब ३ सय वर्ष पुरानो रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.