स्वीडेनले स्विट्जरल्याण्डको सामना गर्दै, कोलम्बियाविरुद्ध इङ्ल्यान्डको परिक्षा

रिपोर्ट नेपाल | 2018 Jul 03 | 04:53 pm 3823

काठमाडाै‌ , १९ असार : रुसमा जारी विश्वकपको अन्तिम प्रिक्वाटरफाईनलका खेलमा आज स्वीडेनले स्विट्जरल्याण्डको सामना गर्दा इंग्ल्याण्ड र कोलम्बिया आमने सामुन्ने हुने भएका छन् । अन्तिम आठको यात्राको लागि यी चार टोलीबीचको भिडन्त आकर्षक हुने अनुमान गरिएको छ ।

स्वीडेन भर्सेस स्विट्जरल्याण्ड

आजको पहिलो खेलमा स्वीडेनले स्विट्जरल्याण्डको सामना गर्दै छ । स्वीडेन समूह ‘एफ’को विजेता बन्दै स्विट्जरल्याण्डसंगको भेट पक्का गरेको हो । एक खेलमा हार र दुई खेलमा जित निकालेको स्वीडेनले दक्षिण कोरिया र मेक्सिको जस्तो बलियो टिमलाई हराउँदा जर्मनीसँग भने पराजित भएको थियो ।

चार पटकको विश्व विजेता इटलीलाई प्लेअफमा हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको स्वीडेन स्विट्जरल्याण्डलाई हराउँदै अन्तिम ८ मा पाइला राख्न चाहन्छ । स्वीडेनका लागि एगुस्टोसन, ग्राण्डभिस्ट, एल्भारेजको टिम सहित क्वाटरफानईनलमा जान चाहन्छ, स्वीडेन १९५८ फाइृनलमा पुगेको थियो ।

यसअघि पनि ११ पटक विश्वकप खेलेको स्वीडेन त्यसयता राम्रो नतिजा निकाल्न सकेको छैन । उता १९५४ देखि नकआउटमा गोल गर्न नसकिरहेको अनुभवलाई मेट्दै स्वीडेन विरुद्ध फराकिलो गोल गर्न चाहन्छ स्विट्जरल्याण्ड । समूह ईको उपाविजेता बनेको स्विट्जरल्याण्ड समूह चरणमा सर्वियाविरुद्ध जित निकाल्दा ब्राजिल र कोस्टारिका विरुद्ध बराबरी गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको हो । स्विट्जरल्याण्डका मिडफिल्डर ब्येरिम जेमिल्ली, डेर्मिक, स्टेफेन जुबर जस्ता फर्ममा रहेका खेलाडीसहित स्वीडेन विरुद्ध क्वाटरफाईनलका लागि खेल्नेछ । यी दुईको कुनै ठूलो प्रतियोगितामा पहिलो पटक भेट हुन लागेको हो । मैत्रीपूर्ण खेलमा भने सन् २००२ मा भेट हुँदा एक एक गोलले बराबरीमा रोकिएको थियो ।

कोलम्बिया भर्सेस इंग्ल्याण्ड

आज हुने दोस्रो खेलमा भिड्दैछन् कोलम्बिया र इंग्ल्यााण्ड । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार पौने १२ बजे ओक्रिटाई एरेनामा हुनेछ । कोलम्बिया विश्वकपमा राम्रो गर्दा गर्दै पनि कोलम्बियाले नकआउट चरण भन्दा माथि राम्रो नतिजा गर्न सकेको छैन । समूह चरणमा जापानसँग पराजित हुँदा पोल्याण्ड र सेनेगल विरुद्ध जित निकालेको थियो । समूह चरणमा कोलम्बियाका लागि गोल गरिसकेका भरपर्दा खेलाडी ऐरी मिना, फाल्काओ र पाँच गोल मध्ये तीन गोलको लागि योगदान गरेका जुवान कुईटिन्हो यसै गरी जेम्स रोड्रिगुएज भर पर्दा खेलाडी हुन् । तर कोलम्बियाका लागि बलियो प्रतिद्धन्द्धी इंग्ल्याण्ड तगारो बन्न सक्ने पनि देखिएको छ ।

इंग्ल्याण्ड धरै समय पछि जारी विश्वकपमा निकै लयमा देखिएको टिम हो । प्रायः इंग्लिस क्लबका खेलाडीहरूले भरिएको टोलीमा खेलाडीको मिश्रण निकै मिलेको छ । समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई दुई एकले हराउँदा पानामा विरुद्ध ६–१ को फराकिलो गोल बनाएको इंग्ल्याण्ड बेल्जियमसग भने एक शून्यले पराजित भएको थियो र ६ अंक सहित समूह जी को उपविजेता बनेको हो । ह्यारी केनको कप्तानी रहेको ईल्याण्ड टोलीले जारी विश्वकपममा निकै राम्रो प्रदर्शन गरिरहेको छ । ह्यारी जारी विश्वकपमा सबैभन्दा धेरै गोल गरेका छन् । उनले तीन खेलमा पाँच गोल गरेका छन् । त्यसै गरी जेसे लिङगाड, जेमी भर्डी, रहिम स्र्टलिङ, ढेलेअलीलयागत बलिया खेलाडीहरू छन् । अहिलेसम्म यी दुईको भेट पाँच पटक भएको छ । जुन खेलमा इंग्ल्याण्ड अपराजित रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.