काठमाडौं, जेठ १५ : संघिय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट पेश गर्दै गरेका छन्। कोरोना भाइरसको महामारीका कारण घटेको उत्पादन र आपूर्ति लाइ निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
अर्थमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको जानकारी दिदै बजेटको उद्देश्य नै सबै प्रकारको स्वास्थ्य जोखिमबाट बचाउन नागरिकको लागि स्वास्थ्य क्षेत्रको विकास गर्ने बताएका छन् ।कोरोना प्रभावित व्यवसायीलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने पनि उहाँले बताए।
उनले राजस्व संकलन ८ खर्ब २७ अर्ब हुने अनुमान गर्दै समानीकरण र विशेष अनुदान यथावत राखेको बताए । अर्थमन्त्री खडिवडाले ९ अर्ब समपूरक अनुदान र ९ अर्ब विशेष अनुदानको व्यवस्था गरिएको जानकारी पनि दिए ।