स्वास्थ्यमन्त्री बस्नेत फार्मेसी निरीक्षणमा

| 2023 Jul 24 | 03:05 pm 2381

काठमाडौं, साउन ८ । स्वास्थ्य क्षेत्रलाई गरिबको पहुँच र आमूल परिवर्तन गर्ने अठोट लिएर अघि बढेका स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत आज एकाएक राजधानीमा रहेका नाम चलेका अस्पतालका फर्मेसीमा आफै अनुगमनका लागि निस्किएका थिए ।

मन्त्री बस्नेतको टोलिले वीर अस्पताल, पाटन अस्पताल, अल्का अस्पताललगायत केही फार्मेसीमा अनुगमन गर्दा म्याद सकिएका र सरकारी निकायमा दर्ता नभएका औषधि बिक्री गरेको फेला पारेका थिए ।

स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागका कर्मचारीको २० वटा टोली खटाएर काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसीको अनुगमन तिब्र गतिले भइरहेको छ ।

अनुगमना क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका र म्याद सकिएका औषधि पनि फार्मेसीमा पाइएको मन्त्री बस्नेतले बताए । अनुगमन झाराटार्नका लागि मात्र नभएर नियमित र छड्के हुने पनि मन्त्री बस्नेतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.