काठमाडौं, मंसिर ४ : ‘चाकडी र घुसको रकम पुर्याउन नसकेको भन्दै वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।
सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ । विगत १ वर्षदेखि तलब बिना नै काम गर्दै अाएकाे जनाउँदै वीर अस्पतालले बारम्बार पत्रले लेख्दा पनि पद पूर्ती नभएकाे र अन्य उम्मेदवार नहुदा समेत आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको समेत पत्रमा उल्लेख छ ।
