स्वास्थ्यको लागि अचुक औषधि नीम ?

रिपोर्ट नेपाल | 2023 Aug 25 | 04:22 pm 2685

काठमाडाैं, भदाै ८ ।  स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो । तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । यसको रस को सेवन गर्न सजिलो हुने हुदा, त्यहि रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिन सकिन्छ तर तपाईको शरीरमा दिर्घ रोग छ भने आयूर्वेदीक डाक्टर सँग सल्लाह लिएर मात्र प्रयोग गर्नु होला ।

१. ज्वरो आएमा: यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस्, आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।

२. औलोको ज्वरोमा: नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान्बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।

३. कपाल दुखेकोमा: नीमको ताजा पातको रस निकालेर २-२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ ।

४. कान दुखेमा: नीमको पातको रस मनतातो पारेर कानमा ३-४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ ।

५. आँखा दुखेमा: नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३-४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने ।

६. आँखा धमिलो र फूलोमा: नीमको फूलको गाजल गाइको घ्यूमा बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।

७. रतन्धो भएमा: नीमको तेल आँखामा लगाउने र हरियो ८-१० पात खाली पेटमा ३ दिनसम्म खानाले ठीक हुँदै जान्छ ।

८. दाँतको रोगमा: नीमको फूलको काँढा पकाएर बिहान्बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।

९. नाथ्री फुटेमा: नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।

१०. दमको रोगमा: नीमको तेल १० थोपा सादापानमा हालेर बिहान- बेलुका खाने गरेमा दम ठीक हुन्छ ।

११. झाडा लागेमा: नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ ।

१२. हैजाले गोडा बाउँडिएमा: हात गोडामा राम्ररी २-३ पटक नीमको तेल लगाएमा हैजाले गोडा बाउँडिएको ठीक हुन्छ ।

१३. अपच, अरुची भएमा: नीमको पाकेको गेडा ४-५ वटा नियमित खाने गरेमा अपच, अरुची भएको कम हुदैं जान्छ ।

१४. खानामा अरुची भएमा: नीमको कमलो ८-१० वटा पात घ्यूमा तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

१५. शीत पित्तमा: नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।

१६. वात रक्तमा: नीमको गेडाको लेदो एक चम्चा वा पातको लेदो एक चम्चा ३्४ महिना नियमित खाने गरेमा वातरक्त निको हुन्छ । यसै प्रक्रिया द्धारा कुष्ठरोग, क्षयरोगको ज्वरो, अजीर्ण, चर्मरोग सम्पूर्ण निको भएर आउँछ ।

१७. जुको परेमा: दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २्४ दिनमा नै पेटको जुका मर्नेछन् ।

१८. रक्त पित्तमा: ८-१० वटा नीमको पात चपाएर खानाले र कुटेर शरीरमा मालिस गर्नाले रक्तपित्त नास हुन्छ ।

१९. डण्डीफोर: नीममा एन्टी इंफ्लेमेट्री तत्‍व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ। नीमको जूस रसले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ ।

२०. हृदयघात: यो नीमको जूस महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत निर्मुल नै पारी दिन्छ ।

२१. पिलिया: नीमको पातहरुको रस र सुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ।

२२. बिकार: नीमको रस कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ । नीमको जूस पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ ।

२३. कपाल मुलायम: नीमको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाउँछ ।

२४. छालालाई आकर्षक: शरीरको र अनुहारको छालालाई कामुक आकर्षक बनाई दिन्छ।

२५. पाचन तथा मधुमेह: पाचन क्रियालाई समेत ठिक बनाउनमा सहयोग गर्दछ । नीमको जूसले मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ । दैनिक नीमको जूस पिउनाले ब्‍लड़ सुगरको ( लेवल ) एकदम नियन्त्रण हुन्छ ।

२६. आँखा तेजिलो: नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ ।

२७. छाला सम्बन्धि रोग: यसको साथै छाला सम्बन्धि रोगहरु जस्तैस् एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ । नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.