स्वास्थ्यकर्मीको परिचय पत्र देखाई लागूऔषध ओसार पसार गर्ने २ व्यक्ति पक्राउ

| 2021 Jun 06 | 06:19 pm 2157

तनहुँ, जेठ २३ः स्वास्थ्यकर्मीको परिचय पत्र देखाई लागूऔषध ओसार पसार गर्ने २ व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. १२ घासीकुवा स्थायी घर भई हाल गोरखा गो.न.पा. वडा नं. १४ पाङ्कोट बस्ने २६ वर्षीय उमेश खत्री र गोरखा आरुघाट गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल . वडा नं. ७ सतिपिपल बस्ने २४ वर्षीय पूर्ण सिंह गुरुङ रहेका छन् ।

आबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थितमा कोरोना रोकथाम तथा न्युनिकरणको लागि सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आबुखैरेनी तर्फ आउदै गरेको प्रदेश ३-०२-००२ प ६९०० नं. को मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्दा अर्याल मेडिकल हल नयाँबजार गोरखाको परिचय पत्र भिरी पूर्ण सिंह गुरुङ र पछाडी उमेश खत्री सवार भई आएको अवस्थामा उक्त मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उमेश खत्रीले फेन्सी झोलाभित्र राखी शरिरको कपडाभित्र लुकाई ओसार पसार गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

उक्त झाेलामा लागूऔषध डाईजेपाम ९४, फेनरागन ९४ र नुफिन ९६ गरी जम्मा २८४ एम्पुल अबैध लागूऔषध र मोटरसाईकल चालक पूर्ण सिंह गुरुङको साथबाट ४ थान सिरिन्ज समेत फेला पारी बरामद गरी संलग्न दुबै जनालाई पक्राउ गरी उनीहरु उपर लागु औषध डाईजेपाम समेत मुद्दामा आजै सम्मानित जिल्ला अदालतबाट म्याद
थप अनुमती लिई थप अनुसन्धान भइरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.