- महेश सिंह
सिरहा, भदौ २३ः सिरहाको लहान नगरपालिका १५ ढोडनामा ३० जना अपाङ्ग अशक्त फरक क्षमता भएको ब्यक्तिहरुलाई स्वर्गीय संगिता कर्माचार्यको सम्झ्नामा राहत वितरण गरेको छ। अपाङ्गहरुको समस्याको मध्य नजर गर्दै महेश चौधरीले लकडाउनको बेलादेखि नै राहत सहयोग गर्दै आएका छन्।

श्रीमान र श्रीमती लामो समय देखि समाज सेवामा होमिएका थिए। समाजसेवी चौधरी र कर्माचार्यले दिन दुःखिहरुको राहत बाड्न दिन भरी ब्यस्त देखिका थिए। उनीहरुले गर्भवती महिला, अपाङ्ग अशक्त, र बिपन्न वर्गलाई राहत सहयोग गर्न तत्पर नै रहेका थिए । समाजसेवी चौधरी नेपाली कांग्रेसको बौद्धिक तथा चर्चित नेता हुन् ।
नेता चौधरी बिचारको राजनीतिमा लागेका ब्यक्ति हुन् । चौधरीका अनुसार समाजलाई सेवा गर्दा गर्दै मेरो श्रीमती श्रदेय संगिता कर्माचार्य आजैको मितिमा संसार छोडेर गएकीले उनको सम्झनामा प्रत्येक महिनाको २२ गते संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा राहत सहयोग गर्ने प्रतिबद्धता स्वरुप उक्त सामग्री सहयोग गर्दै आएको चौधरीले बताए ।

लहान नपा १५ ढोडनामा दर्जनौं पल्ट राहत वितरण गरिसकेको उक्त वडाका वडा अध्यक्ष तेजनारायण चौधरी र जनप्रतिनिधी तथा समाजसेबी राम कुमारी दासले पत्रकारहरुलाई जानकारी दिइन्। राहत लिँदै अशक्तहरुले महेश चौधरी जस्तो लहान नगरपालीकामा मेयरको खाँचो रहेको बताए।
नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने ब्यापक चर्चा भईरहेको छ। पीडितहरुको अनुसार महेश चौधरीले लहानका मेयर बनियो भने मात्र लहान नगरपालीकामा बिकासको गती लिने बताए। नेता चौधरीले समाजसेवा गर्दा गर्दै श्रीमती गुमाएका हुन्। उनले श्रीमती गुमाए पनी समाज सेवा गर्न पछाडि नहटेको समाजसेवी महेश्वरी चौधरीले बताए।

राहत स्वरुप समाजसेवी चौधरीले प्रति ब्यक्ति १० किलो चामल, खाने तेल, आलु, नुन,दाल लगायतको सामग्री सहयोग गरेको वडा नम्बर १५ का वडा अध्यक्ष तेजनरायण चौधरीले जानकारी दिए।