काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रकी सल्लाहकार एवं अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की जीवन संगीनी सिता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि विहान ११ बजे देखि दिउसो २ बजे सम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।
आज विहान ८बजेर ३३ मिनेट जाँदा निधन भएकी दाहालको दिउसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कुरा प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
