स्वर्गीय आमाकाे नाममा विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना

रिपोर्ट नेपाल | 2019 Jan 18 | 06:21 pm 1756

स्याङ्जा, माघ  ४ :  स्याङ्जाको बिरुवा गाउँपालिकास्थित नवज्योति माध्यमिक विद्यालयमा नगद ५ लाख अक्षयकोषको स्थापना गरिएको छ । पोखरा महानगरपालिका- ६, लेकसाइडका भट्टराई परिवारले आफ्ना स्वर्गीय आमा पूर्णकुमारीका नाममा ५ लाख १ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

शुक्रवार विद्यालयको ५२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहकाबीच स्व. पूर्णकुमारीका परिवारले उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर खड्का र प्रधानाध्यापक बमबहादुर रानालाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

स्व.पूर्णकुमारीका छोराहरू चित्रबहादुर भट्टराई, चिन बहादुर भट्टराई, गोपीबहादुर भट्टराई, छोरी बिमला अधिकारी भट्टराई र नाति विकास भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.