स्वर्गद्वारी नजिकै भएकाे सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्याे

| 2021 Apr 14 | 05:13 pm 2761

प्युठान, बैशाख १ः बुधबार बिहान प्युठानमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की रहेका छन् ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।

जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृतकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत र सुर्य पन्थी कम्प्युटर अपरेटर, यमलाल पन्थी खरिदार हुन् भने केशव कार्की उक्त जिपका चालक रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.