स्वनियम लागू गर्दै नयाँ पाइला शुभारम्भ

रिपोर्ट नेपाल | 2018 Sep 19 | 04:47 pm 2785

काठमाडौँ, असोज ३ : अनलाइनहरुको भिडमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यका साथ नयाँ पाइला डट कम नामक नयाँ पाइलाको शुभारम्भ गरिएको छ। काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गर्दै अनलाइन पत्रिका शुभारम्भ गरिएको हो।

सभामुख कृष्ण महराले उक्त कार्यक्रमको उद्घाटन गर्दै मिडिया विश्वसनिय र सत्यतथ्य तथा सन्तुलित हुनुपर्ने भन्दै शुभकामना व्यक्त गरे। अनलाइनका प्रधानसम्पादक धर्मेन्द्र झाले ११ बुँदे स्वनियम लागू गर्ने भन्दै सार्वजनिक गरेका थिए।

जसमा सन्तुलित समाचार, प्रस्ट विचार, विश्वसनियता, कुनै धर्म, जाती, समुदाय, भाषा लिंगलगातका अल्पसंख्यक र पिछडिएका समुदायलार्इ समेट्ने तथा कुनै भेदभाव नगर्नेलगायतका स्वनियम लागू गरेका थिए।

कार्यक्रममा नेकपा युवा नेता तथा सांसद योगेश भट्टरार्इ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासंघका पूर्वअध्यइ तारानाथ दाहाल, अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल, पर्यटन अभियन्ता विजय कुमार ढकाललगायतको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.