रौतहट, भदै २१ : स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा। सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए ।
जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । राउतलार्इ राज्य विरूद्घको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
यसअघि पटकपटक पक्राउ पर्दै आएका राउतलाई राज्य विप्लवको मुद्दा लागे पनि छुट्दै आएका छन्। भदौ ३ गते संविधान दिवसको विरोधमा तराईंका विभिन्न स्थानमा उनकै नेतृत्वमा ‘कालो दिवस’ मनाएका थिए।