स्वच्छ र हरियो नेपाल बनाउन वृक्षरोपण

रिपोर्ट नेपाल | 2018 Aug 11 | 02:05 pm 2170

काठमाडौं, साउन २६: ‘स्वच्छ नेपाल हरियो’ नेपाल ‘३ नं प्रदेश हरित प्रदेश’ भन्ने प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा सुन्दरीजल–आलापोट सडकको दायाँबायाँ ३०० बिरुवा रोपिएको छ।

वृहत् खानेपानी उपभोक्ता समिति आलापोटको आयोजनामा भएको कार्यक्रमा ३ नं प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, नगरपालिका–२ का अध्यक्ष सुदर्शन धिमाल, वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेललगायत सयौँ सहभागीले पाँच फिट अग्ला बिरुवा रोपेका हुन्।

वृक्षरोपण कार्यक्रममा नेपाली सेनाको पनि सहभागिता थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य फुयाँलले प्रत्येक वर्ष एक व्यक्तिले दुई-दुई वटा बिरुवा र फूल रोप्नुपर्ने बताए । नगर प्रमुख थापाले प्रदेश नं ३ को वृक्षरोपण कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

समितिले जेठको अन्तिम शनिबारदेखि बिरुवा रोप्ने र खानेपानीका मुहान सफाइ अभियान शुरु गरेको अध्यक्ष शिवराम बस्नेतले जानकारी गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.