स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जना पक्राउ

| 2019 Nov 14 | 12:53 pm 2205

चितवन, कात्तिक २८: अवैध हतियार स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन्।

इलाका प्रहरी कार्यालय भण्डाराले उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट बिहीबार बिहान २ बजे पक्राउ गरेका प्रहरीले जानकारी दिए।

बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा भेटिएपछि गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.