स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

रिपोर्ट नेपाल | 2023 Mar 01 | 08:26 am 901

माेरङ, फागुन १७ः स्रोत नखुलेको भारतीय रूपैयाँसहित तीनजनालाई प्रहरीले विराटनगरको बजार क्षेत्रबाट पक्राउ गरेको छ। मोरङ जहदा गाउँपालिका– ७ का २६ वर्षीय रमेशकुमार मण्डल, २२ वर्षीय धर्मेन्द्रकुमार मण्डल र कटहरी गाउँपालिका– ३ का ३० वर्षीय नबी हुसेनलाई स्रोत नखुलेको भारतीय रूपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

विराटनगर– ९ स्थित चुलाचुली मार्गबाट उनीहरूका साथमा रहेको स्रोत नखुलेको भारतीय १ लाख ८३ हजार ७ सय ५० रूपैयाँ बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। शंकास्पद अवस्थामा रहेका उनीहरूमाथि जाँच गर्दा उक्त रूपैयाँ फेला परेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.