स्रोत नखुलेको रकमसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 16 | 05:33 pm 1798

काठमाडौं, भदौ ३०: अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगर रहेका छन् ।

उनलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसहित  प्रहरीले पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टाेलीले उमेश सवार प्रदेश नम्बर ३-०२-००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटरसहित उनलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.