स्राेत नखुलेको अबैध रकम सहित एकजना भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 06 | 03:48 pm 1477

सर्लाही, जेठ २३ः स्राेत नखुलेकाे अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामाढी ग्राम सोनवर्षा वडा नं.२ का ४० वर्षका विश्वनाथ महतो रहेका छन् ।

ब्रम्हपुरी गाउँपालिका वडा नं.४ त्रिभुवननगर स्थित भारतको सोनवर्षा तर्फबाट नेपालको त्रिभुवननगर तर्फ BR 30 E 3914 नं. को डिस्कभर मोटरसाईकल चलाई आएका उनी  उपर शंका लागि शरीर तथा मोटरसाईकल समेतको तलासी लिदाँ मोटरसाईकलको सिटमुनी रहेको ब्याट्री बक्स भित्रबाट ने.रु. १  हजार दरको प्रत्येक थानमा १००/१०० वटा नोट भएको ४ थान र ने.रु. ५ सय दरको प्रत्येक थानमा १००/१०० वटा नोट भएको ७ थान गरी जम्मा ने.रु. ७, लाख ५० हजार रकम बरामद भएको थियाे ।

उक्त रकम सहित महतोलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको सर्लाही प्रहरीले जानकारी दिएकाे छ ।

अबैध लागू औषध गाँजा सहित मानिस पक्राउ

अबैध लागू औषध गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न.९ की १८ वर्षीया पम्मी कुमारी रहेकी छन् ।

उनले टाउँकोमा बाँसको ढाकीमा केही सामान बोकी मलंगवाबाट भारतको सोनवर्षा तर्फ गई रहेको अवस्थामा गस्ती टोलीलाई देखि हतार हतारमा बोकेको ढाकी खेतमा घोप्टयाई सो ठाउँबाट भागेकोमा सो ढाकी नजिक प्रहरी टोली गई हेर्दा ढाकी भित्र खरानी रहेको र सो खरानी भित्र लुकाई राखेको अवस्थामा दुई वटा पोकामा लागु औषध गाँजा जस्तो पदार्थ फेला परेको थियाे ।

पम्मी कुमारी भने उक्त ठाउँबाट भागि १०० मिटर पूर्व तर्फ रहेको मलंगवा नगरपालिका वडा न.९ मा बस्ने धनराज साहको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेकाे बताइएकाे छ । उनले ढाकी फालिएको ठाउँमा लगी चेकजाँच गर्दा दुई वटा पोकाहरुमा १३ किलो ग्राम लागू औषध गाँजा फेला परेकोले उनलाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.