स्याल धपाउँन हानेको गोलि मान्छेलाई लागेपछि …

रिपोर्ट नेपाल | 2020 Mar 13 | 05:46 pm 3314

दैलेख, फागुन ३०: स्याल धपाउँन हानेको गोलि लागेर जिल्लाको नौमुले गाउँपालिका २ मा एक जना घाइते भएका छन्। घाइते हुनेमा नौमुले गाउँपालिका २ का बिर्खबहादुर शाही रहेका छन् ।

जंगलमा बाख्रा चराउँदै गरेका बेला बाख्रालाई स्यालले आक्रमण गर्न खोजेपछि स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर उनी घाइते भएका हुन्।

बन्दुकको गोली लागेर शाहीको हात र खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर साँवतले बताए।

घाइते शाहीलाई उपचारका लागि स्वास्थ्य कार्यालय दैलेख ल्याइएको र दैलेखमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इन्स्‍पेक्टरको नेतृत्वमा छ जनाको टोली घटनास्थलमा पुगिसकेको र घटनास्थलमा अहिलेसम्म कुनै पनि हतियार फेला नपरेको निमित्त प्रहरी प्रमुख साँवतले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.