स्याबास बसुधा–जसले दशैंको दक्षिणा विद्यालयलाई दिइन

रिपोर्ट नेपाल | 2019 Oct 21 | 01:15 pm 2752

गुल्मी, कात्तिक ४: हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात भनेझैं गुल्मीकी एक १५ वर्षीया किशोरीले प्रशंसनीय काम गरेकी छन् ।

प्राप्त समाचार अनुसार गुल्मी क्षेत्र नम्बर २ स्थित मदाने गाउँपालिका वडा नम्बर ३ निवासी बसुधा जिसीले दशैंमा टिका लगाएर जम्मा पारेको पाँच हजार एक सय रुपौंयाँ विद्यालयलाई हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेकी छन् ।

विगतको केही दिनदेखि मालिका माध्यमिक विद्यालय मर्भुङमा चलेको शैक्षिक तथा धार्मिक महोत्सवमा जिसिले उक्त रकम हस्तान्तरण गरेकी हुन् । रचनात्मक कार्य गर्न उमेर चाहिदैन भन्ने उदाहरण जिसिले दिएकी छन् । विचार राम्रो भयो भने उमेर र लोभ भएन भने दान गर्न सकिन्छ भन्ने पाठ यि १५ वर्षीया किशोरीले कथित समासेवीलाई पढाएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.