स्याङ्जा २ (क) बाट काँग्रेसका अर्याल विजयी

रिपोर्ट नेपाल | 2022 Dec 02 | 09:24 am 1669

स्याङ्जा, मङ्सिर १६ः स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली काँग्रेसका भोजराज अर्याल विजयी भएका छन् । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७३०  मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

अर्यालले  १५ हजार १६१ मत ल्याए भने रेग्मीले १२ हजार ४३१  मत ल्याएका थिए । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत हुन् । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले विजयी भएका थिए । विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।

स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ र वालिङ नगरपालिकाका १,२,५,६,७ ८ ९,१०,११,१२,१३ र १४ नम्बर वडा पर्दछन् । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.