स्थानीय स्तरमै छुर्पी उत्पादन शुरु

रिपोर्ट नेपाल | 2019 Jan 11 | 01:26 pm 2133

दाङ, पुस २७ :  दाङको लमहीमा पहिलो पटक स्थनीय स्तरमै छुुर्पी उत्पादन गर्न शुरु भएको छ । लमही नगरपालिका–५ मा स्थापित उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको छ ।

सहकारी संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा बिक्रिवितरण गर्ने गरेको बताए ।

छुर्पीको बजारमा धेरै माग भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरेको अधिकारीले जानकारी दिए ।
सहकारी संस्थाले नै दुग्ध परियोजना सञ्चालन गरेको छ ।

त्यहाँका किसानले उत्पादन गरेको दूध खरिद गरेर ‘पाश्‍ववराइज्ड’ प्रविधिबाट दूध, दही प्रशोधन गरेर बजारमा लग्‍ने गरेको अधिकारीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.