वैशाख २६ काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहले कम्पनी दर्ता गर्न तथा शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने व्यवस्था गरिएको जनाएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा शेयर लगानी गर्न विभिन्न स्थानीय तहबाट अनुरोध प्राप्त भएको उल्लेख गरिएको छ।
कार्यालयको निर्णयअनुसार स्थानीय तहले प्रचलित कानुनबमोजिम आवश्यक शर्त पूरा गरी कम्पनी दर्ता गर्न तथा शेयर खरिद गर्न सक्ने स्पष्ट पारेको हो।
सूचनाअनुसार स्थानीय तहले कम्पनीको स्वामित्व समेत लिन सक्ने अतिरिक्त व्यवस्था गरिएको जनाइएको छ।
