स्थानीय तहमा करबारे कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दिंदै

| 2018 Aug 27 | 12:25 pm 1501

काठमाडौं, भदौ ११: स्थानीय तहमा अब्यवस्थित ढंगले कर उठाएको गुनासो बढेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो दलबाट स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिको भेला बोलाएर प्रशिक्षण र अन्तरक्रिया आयोजना गरेको छ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार केन्द्रिय कार्यालय सानेपामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो। स्थानीय तहमा करको अवस्था बारे जानकारी लिएर रणनीति बनाउने र जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुदृढ बनाउन कायृक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा जथाभावी कर उठाएर संघीयता कम कमजोर हुने भएकाले संघीयता बलियो बनाउने खालका काम गर्न निर्देशन दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.