बाँके, पुस २ : बाँकेको बैजनाथ-५ जिगाउँमा स्कूल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बा १ ग ४४९५ नम्बरको स्कूल बस र लु ४५ प ९५९९ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सुर्खेत लेकबेँशीका विक्रम गहतराज, गुरुवाकोट गाउँपालिका-१२ मा मदन सुनुवार छन्।