स्कूटरलाई हान्ने भीआईपीका चालकलाई ५ सय रुपैयाँ जरिवाना

रिपोर्ट नेपाल | 2019 Apr 01 | 06:14 pm 1539

काठमाडौं, चैत १८ :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले चैत १५ गते नयाँ बानेश्वरमा सर्वसाधारणको स्कूटरलाई हानेर हिँडेको पूर्वप्रधानमन्त्रीको पछुवा सवारीलाई कारबाही गरेको छ । सो सवारीका चालक सन्तोष घिमिरेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गराएको हो ।

१५ गते नयाँ वानेश्वरबाट तीनकुने जाने सडक खण्डमा स्कूटर चालकको गल्ती विना नै बा १ झ ९५२७ को सुरक्षाकर्मीको भ्यानले एक स्कूटरलाई ठक्कर दिएको थियो । सो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ट्राफिक प्रहरी विरुद्ध समेत तीब्र आलोचना भएको थियो ।

त्यसको ३ दिनपछि ट्राफिकले उनलाई बारबाही गरेको हो । सो गाडी पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा हिँडेको गाडीले स्कूटरलाई ठक्कर दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.