स्कुल भित्रको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jul 20 | 03:28 pm 3959

काठमाडौं, असार ४ :  स्विमिङ पुलमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । बिहीबार गोकर्णेश्वर नगरपालिका–६ नारायणटार स्थित हिङ्स स्कुल भित्र रहेको स्विमिङ पुलमा नुहाउने क्रममा २५ वर्षीय ईश्वर प्रधानको मृत्यु भएको हो ।

स्थाई घर खोटाङ भएका प्रधान काठमाडौं नारायणटार बदै आएका थिए । प्रधानले सोही स्कुलमा पेन्टिङ काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नुहाउने क्रममा डुवेपछि उनलाई उपचारको लागि शंखरापुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.