ललितपुर, भदौ २२: प्रहरीले ललितपुरबाट दुई जना सिक्री थुतेर चोरी गर्नेलाई पक्राउ गरेको छ। चोरीको स्कुटीमा चढेर बाटो हिँडेका महिलाहरूको सिक्री थुत्दै हिँड्ने दुर्इ जना लुटेरालाई प्रहरीले पक्राउ गरेको हो।
विगत लामो समयदेखि ललितपुरको विभिन्न क्षेत्रमा चोरी गर्दै आएका ललितपुर महानगरपालिका १६ का ३० वर्षीय शैलेश ताम्राकार र लुखुसीका लोलिनकाजी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले चोरी गरी नम्बर परिवर्तन गरेका दुईवटा स्कुटी समेत बरामद गरेको बताए।
पक्राउ परेका ताम्राकार र महर्जनले तिनै चोरीका स्कुटी प्रयोग गरेर चोरी गर्दै आइरहेको प्रहरीले जनाएको छ।
ताम्राकार र महर्जनका साथबाट प्रहरीले बा ८५ प ४०६२० र बा ९५ प ५८९९० नम्बरका दुई स्कुटर, सुनको सिक्री ५ थान, लकेट १ थान बिलबुक २ थान र सुन जोख्ने मेसिन थान १ थान समेत बरामद गरेको प्रहरीले बताएको छ।