स्काइभेटरले किच्दा एक वृद्धको मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 15 | 12:24 pm 1684

संखुवासभा, भदाै २९:  खाँदबारी नगरपालिका –८ स्थित सडक खन्ने क्रममा स्काइभेटरले किच्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा   खाँदबारी–८ का ८५ वर्षीय सहरबहादुर राई रहेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए।

घाइते भएका राईको उपचारको क्रममा मनकामना अस्पताल तुम्लिङटारका आइतबार मृत्यु भएको प्रहरीले जनाए। उक्त स्काइभेटरले  तुम्लिङटार–चेवाबेशी सडक खण्डमा काम गर्दे गर्दा वृद्धलाई किचेको थियो। प्रहरीले स्काभेटर चालक भोजपुरका टिकाराम कार्कीलाई  नियन्त्रणमा लिइएकाे जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.