सोलुखुम्बुमा पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Aug 22 | 06:04 pm 1617

सोलुखुम्बु, भदाै ६: सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ।

ज्यान जानेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी रहेकी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.