सोलुखुम्बुमा जीप दुर्घटना , ६ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 29 | 08:49 am 5054

सोलुखुम्बु, असार १५: सल्यान गाउँपालिका अन्र्तगत पर्ने खाल्पा देविस्थान भीरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जीप भीरबाट खसेको र जीपमा सवार ६ जनाको मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

सल्यानको दोलीबाट पिङला तर्फ आउँदै गरेको को १ ज १८०६ नम्बरको बाेलेराे जीप भीरबाट करिब एक किलोमिटर तल दाल्दु खोल्सामा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए।

घटनास्थलमा एक बालिका पनि घाइते अवस्थामा भेटिएकी र उनलार्इ उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सई उदय कट्टेलले प्रहरी घटनास्थलतर्फ गइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए।

मृत्यु हुनेको सनाखत पनि हुन सकेको छैन। घटनाको कारण अझै खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.