सोमबार  हावाहुरी र मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान

रिपोर्ट नेपाल | 2019 Jun 03 | 09:03 am 1959

काठमाडौं, जेठ २०: मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशको केही स्थानमा सोमबार पनि हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ ।
साेमबार दिउँसो देशैभरि आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी, मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि मुलुकभर सामान्य बादल लाग्ने स्थिति देखिएको छ ।  पश्चिमी, मध्ये तथा पूर्वीभेगको केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने संभावना छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.