काठमाडाैं, साउन ६: सोमबार देशको पूर्वी र मध्य भू–भागमा अधिकांस क्षेत्रमा वर्षा हुने छ । यस्तै पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पूर्वी तथा मध्य क्षेत्र एवं पश्चिम क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी र पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
दिउँसोदेखि रातीसम्म नै वर्षा हुने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँमा रहेकाहरु सतर्क भएर बस्न पनि महाशाखाले अनुरोध गरेको छ ।
मंगलबार पनि देशका पूर्व र मध्य क्षेत्रका अधिकांस स्थानमा नै पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मंगलबार पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना देखिएकाले नदीको बहाब बढ्ने देखिएको छ ।